Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


चितवनमा ४४ र मकवानपुरमा थप ३४ जनामा कोनोरा संक्रमण


0
Shares

काठमाडौं(जिल्ला ब्यूरो) । चितवनमा थप ४० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको २१८ नमुनामध्ये चितवनका ४० सहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा महानगरपालिकाका ३६ जना, रत्ननगरका ३ जना, खैरेनी नगरपालिकाका १ जना रहेका छन् ।

योसहित प्रयोगशालामा पुष्टि हुनेहरुमा नवलपुर, रुपन्देही, तनहुँका र धनुषाका १/१ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले जानकारी दिनुभयो ।

चितवनमा आज थपिएका ४० संक्रमितसहित जिल्लामा कारोना पुिष्ट हुनेको सख्ंया ४४० पुगेको छ ।

त्यस्तै, हेटौंडाको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा हेटौंडाका ३१ जनासहित मकवानपुरमा थप ३४ जनामा कोनोरा पुष्टि भएको छ ।

मंगलबार साँझ सार्वजानिक गरिएको तथ्यांकमा हेटौंडा उपमहानगरपालिकामा कार्यरत १४ जनासहित ३४ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाइँले जानकारी दिनुभयो ।

३४ जनामध्ये हेटौंडा उपमहानगरका ३१, मकवानपुरगढी–३ का एक, र हेटौंडामा कार्यरत पर्सा र बारा जिल्लाका एक एक जना रहेका छन् ।