काठमाडौं, असार ३ । ‘टफिचु जुनियर च्याम्पियन्स कप’ अन्तरविद्यालय फुटसल प्रतियोगिताको दोस्रो संस्करण यही बिहीबारदेखि राजधानीमा हुने भएको छ ।
सूर्य नेपाल प्रालिको कन्फक्सनरी ब्रान्ड टफिचुको प्रायोजनमा ग्रासरुट फुटसल एकेडेमीले आयोजना गर्न लागेको प्रतियोगितामा ८७ विद्यालयले भाग लिने मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
सहभागी टोलीमा ११ वर्षमुनि, १३ वर्षमुनि र १५ वर्षमुनि गरी तीन स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
पाँचओटा फुटसल मैदानमा आयोजना हुने उक्त प्रतियोगिताको उद्देश्य युवा खेलाडीलाई व्यावसायिक र प्रतिस्पर्धात्मक वातावरणमा उनीहरुको खेल क्षमतालाई प्रदर्शन गर्नका लागि गतिलो मञ्च प्रदान गर्नु रहेको आयोजकको दाबी छ ।
शिवपुरी स्कुल १४ वर्षमुनि र रातो बंगला १२ वर्षमुनिको स्पर्धाका पहिलो संस्करणका विजेता हुन् ।








प्रतिक्रिया दिनुहोस्