Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


प्रारम्भिक टोली घोषणा


0
Shares

काठमाडौं, असार ३ । सिंगापुरमा हुने विश्वकप ट्वेन्टी–२० क्रिकेट छनोटको एसिया फाइनल खेलका लागि नेपालको २५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिएको छ ।

आउँदो साउन ४ देखि १२ गतेसम्म हुने प्रतियोगिताका लागि आइसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मलित छनोट समितिले मंगलबार टोली घोषणा गरेको हो ।

नन्दनकुमार यादव पहिलोपटक छनोटमा परेका छन् ।

यही बिहीबारदेखि बन्द प्रशिक्षण हुने टोलीमा यादव र कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, अविनाश बोहरा, वसन्त रेग्मी, अमित श्रेष्ठ, भीम सार्की, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, जितेन्द्रकुमार मुखिया, करण केसी, कुशल भुर्तेल र ललित भण्डारी छन् ।

त्यसैगरी, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, राजु रिजाल, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, साहव आलम, शरद भेषावकर, सोमपाल कामी, सन्दीप जोरा र सुशन भारी रहेका छन् ।

अन्तिम टोली र विदेशमा हुने अभ्यासका खेलहरुबारे पछि जानकारी गराइने टिम म्यानेजर रमन शिवाकोटीले जनाएका छन् ।

एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् ।