११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


गाउँपालिकाकी उपाध्यक्ष सवार जिप कर्णाली नदीमा खस्यो (अपडेट)


0
Shares

मानबहादुर वली (इमेज)

सुर्खेत, असार ३ । कर्णाली नदीमा मंगलबार दिउँसो एक जिप खसेको छ ।

हुुम्लाको खार्पुुनाथ गाउँपालिका वडा नम्बर–५, कैलाबालु भन्ने ठाउँबाट लु१ज ७१६६ नम्बरको जिप कर्णाली नदीमा खसेको हो ।

हुम्लाकै सिमकोटबाट खार्पुनाथतर्फ जाँदै गरेको जिप नदीमा खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी मोहन आचार्यले पुष्टि गरे ।

सो जिपमा खार्पुुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धुु शाही र उनका आफन्तहरु सवार रहेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए ।

यद्यपि, जिपमा कति यात्री सवार थिए भन्ने खुलेको छैन । यात्रीहरुको अवस्था पनि पत्ता लागिनसकेको एसएसपी आचार्यले बताए ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले हेलिकोप्टरमार्फत् पुगेर नेपाली सेनाले उद्धारको प्रयास गरेको र यकिन विवरण आउन नसकेको बताए ।

दुर्घटनाको विस्तृत् विवरण आउन बाँकी छ ।