११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


अस्पतालमै झुण्डिएको अवस्थामा युवतीको शव फेला


0
Shares

साँखु, असार ३ । बौद्धस्थित समता अस्पतालमा आज एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ  ।

रामेछाप जिल्ला दोरम्बा घर भएकी सोही अस्पतालमा क्लिनरको काम गर्ने २७ वर्षीया विमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । 

मृत फेला परेपछि आफन्तले अस्पताल परिसरमा तोडफोड गरेका छन् । तोडफोडपछि आक्रोशमा आएको भीडलाई नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ ।

महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार उनी विगत दुई महिनादेखि यही अस्पतालमा काम गर्दै आएको बुझिएको छ ।

शव परीक्षणपछि सत्यतथ्य बाहिर आउने उनले बताए ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए । (रासस)