प्रतिनिधिसभाको बैठकमा आजदेखि विनियोजन विधेयकबारे छलफल • Image Khabar Image Khabar


प्रतिनिधिसभाको बैठकमा आजदेखि विनियोजन विधेयकबारे छलफल


Imagekhabar
३० जेष्ठ २०७५, बुधबार ००:२९

प्रतिनिधिसभाको बैठकमा आजदेखि विनियोजन विधेयकबारे छलफल

काठमाडौं, जेठ ३० । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकबारे आजदेखि छलफल सुरु भएको छ ।

संसद् भवन बानेश्वरमा बसेको बैठकमा आज सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गतका विभिन्न शीर्षकमा छलफल हुने कार्यसूची छ ।

यस्तै कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गतको बजेटमा पनि छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ । विनियोजन विधेयकमा छलफलका लागि आजदेखि एक साताको समय छुट्याइएको छ ।

यसअघि गत आइतबारबाट प्रतिनिधिसभामा दफाबार छलफल हुने भनिए पनि आवश्यक तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको थियो ।

सरकारले आगामी आर्थिक वर्षका लागि गत जेठ १५ गते १३ खर्ब १५ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो ।

एकसातासम्म छलफलपछि मध्य असारसम्म बजेट पास गर्ने तयारी संसद् सचिवालयले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्