Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


फ्रान्स समूह विजेता बन्दै विश्वकप महिला फुटबलको प्रि–क्वाटरफाइनलमा


0
Shares

फ्रान्स, असार ३ । आयोजक फ्रान्स समूह विजेताको रुपमा विश्वकप महिला फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको समूह ‘ए’को खेलमा नाईजेरियालाई १–० ले हराउँदैे फ्रान्सले शतप्रतिशत जितको यात्रा जारी राखेको हो ।

यही समूहको अर्को खेलमा नर्वेले दक्षिण कोरियालाई २–१ ले हरायो । समूहबाट फ्रान्स विजेता तथा नर्वे उपविजेताको रुपमा नकआउट चरणमा पुगेका हुन् । 

उता समूह ‘बी’को खेलमा जर्मनीले दक्षिण अफ्रिकालाई ४–० ले हराउँदा चीन र स्पेनले गोलरहीत बराबरी खेलेका छन् । ३ खेलबाट ९ अंक जोडेको जर्मनी समूह विजेताको रुपमा प्रि–क्वाटरफाइनलमा पुग्यो । चीन र स्पेन दुबै टोलीले समान ४–४ अंक जोडे पनि गोलअन्तरका आधारमा स्पेन अर्को चरणमा उक्लिएको हो ।