
पाँचथर, असार ३ । पाँचथरको ऐतिहासिक तथा धार्मिकस्थल कुम्मायक मन्दिरको संरक्षण सुरु भएको छ ।
श्रद्धालु तथा पर्यटकलाई सहज बनाउने उद्देश्यले मन्दिरमा जान सिँढी निर्माण गर्न थालिएको हो । कुम्मायक गाउँपालिकाको ५८ लाख रुपैयाँको लागत र ३ लाख २० हजार रुपैयाँ बराबरको जनश्रमदान गरी कुल ६१ लाख २० हजार ७ सय ९० रुपैयाँको लागतमा सिढी मार्ग निर्माण भइरहेको गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।
गत वैशाख ५ गतेबाट सुरु भएको सिढी मार्ग निर्माणको काम असार २५ गतेभित्रै सक्ने तयारी छ । सिँढीमार्ग निर्माण भएपछि मन्दिरमा पूजाआजा गर्न जाने भक्तजन तथा घुम्न आउने पर्यटकलाई समेत सहज हुने गाउँपालिकाले जनाएको छ ।
कुम्मायक र कुसायक मन्दिरमा प्रत्येक ३ वर्षमा त्रिशाली मेला लाग्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्