काठमाडौं, असार ३ । कोपा अमेरिका फुटबलमा चिलीले जापानलाई पराजित गरेको छ ।
ब्राजिलमा जारी प्रतियोगिताअन्तर्गत आज बिहान भएको खेलमा चिलीले ४–० को सहज जित निकालेको हो । खेलमा चिलीलाई विजयी गराउन ईडुवार्डो भार्गासले दुई गोल गर्दा अलेक्सिस सान्चेज र एरिक पुल्गारले एक–एक गोल गरे ।
जितसँगै चिलीले समूहमा अग्रता लिएको छ । इक्वेडरलाई हराएको उरुग्वेको समान ३ अंक रहे पनि गोल अन्तरमा चिली अगाडि छ ।
कोपा अमेरिका फुटबलमा भोलि ब्राजिलले भेनेजुएलासँग खेल्दा बोलिभिया र पेरु भिड्नेछन् ।








प्रतिक्रिया दिनुहोस्