११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


0
Shares

महोत्तरी, असार ३ । महोत्तरीको औरही नगरपालिका–१ जंघा खोलाको पुल नजिकै गएराति ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

प्रहरीका अनुसार गएराति ९ बजे औरहीबाट गौशालातर्फ जाँदै गरेको ज१त ४२७९ नम्बरको ट्याक्टर र विपरित दिशाबाट आउँदै गरेको अन टेष्ट मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका महोत्तरीकै गौशाला नगरपालिका–३ नवराजपुरका १८ वर्षीय मनोज यादवलार्इ उपचारको लागि शुभस्वस्तिक अस्पताल बर्दिबास पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

ट्याक्टरसहित चालकलार्इ प्रहरी चौकी औरहीले नियन्त्रणमा लिएको छ ।