 
	    कैलाली, भदौ ५ । सुदूरपश्चिम प्रदेशमा थप दुईजना प्रहरीमा कोरोना पुष्टि भएको छ ।
कञ्चनपुर र अछाम जिल्लाका एक/एकजना प्रहरीमा संक्रमण पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा संक्रमित प्रहरीको संख्या २२ पुगेको छ ।
प्रदेश प्रहरी कार्यालयकाअनुसार बाजुराका छ, कञ्चनपुरका छ, कैलालीमा चार, डोटीका तीन र अछामका तीनजना गरी २२ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले १३ जनाले कोरोना जितेको र नौजनाको उपचार भइरहेको जानकारी दिनुभयो ।
कैलालीका चार, डोटीका तीन र कञ्चनपुरका दुईजनाको ‘आइसोलेसन’मा उपचार भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्