
काठमाडौं, असार २ । दक्षिण कोरियामा बसोबास गर्दै आएका नेपालीहरुले गुठी विधेयकको विरोध गरेका छन् ।
सिउलको दोङ्देमुनमा नेपालीहरु जम्मा भएर गुठी विधेयक खारेज गर्न माग गरेका हुन् ।
कोरियामा क्रियाशील जातीय संस्था नेवाः पुचः कोरियाका अध्यक्ष पुरु जोशीले नेपालको पहिचान र अस्तित्वसँग जोडिएको गुठी परम्परालाई बचाउनुपर्ने बताए ।
संसदमा दर्ता भएको गुठी विधेयक फिर्ता लिन सरकारविरुद्ध विश्वभर रहेका नेपालीहरुले विरोध गर्दै आएका छन् ।
मौलिक धर्म र संस्कृतिसँग खेलवाड नगर्न उनीहरुले सरकारलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्