
काठमाडौं, असार २ । आदिवासी जनजातिलगायत विभिन्न जातीय समुदायले लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको कर्मचारी भर्ना विज्ञापन खारेज गर्न माग गरेका छन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले विज्ञापन समानुपातिक सिद्धान्तको मर्मविपरीत रहेको भन्दै आरक्षणको सुनिश्चितासहित नयाँ विज्ञापन प्रकाशित गर्न माग गरेका छन् ।
लोकसेवा आयोगको विज्ञापनप्रति असन्तुष्टहरुले आन्दोलनका कार्यक्रम पनि घोषणा गरेका छन् । उनीहरुले सातबुँदे आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा सांसद कौशर साहले सरकारले संविधानलाई रद्दीको टोकरीमा फालेको आरोप लगाए । उनले आफूहरु आरक्षण बचाऔं अभियानमा निरन्तर लागिरहने बताए ।
प्रतिक्रिया दिनुहोस्