१३ फाल्गुन २०८०, आइतबार | Mon Feb 26 2024


हिमालयन बैंक र नेपाल मेडिसिटी अस्पतालबीच सम्झौता


0
Shares

काठमाडौं, असार ३१ । हिमालयन बैंक र नेपाल मेडिसिटी अस्पतालबीच उक्त अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार मेडिसिटी अस्पतालले हिमालयन बैंकद्वारा जारी भएका विभिन्न ब्राण्डका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डधारी ग्राहकहरुलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा ७ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ ।