१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


रोगप्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि !


0
Shares

नरेन्द्र मानन्धर (इमेज)

कीर्तिपुर, भदौ ३ । कोरोनाविरुद्धको खोप अझैपनि अनुसन्धानकै चरणमा छ । खोप बनेपनि नेपालजस्तो विकासोन्मुख देशमा तुरुन्त आउनसक्ने अवस्था छैन् ।

त्यतिन्जेल रोगप्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि एउटा विकल्प भने हुनसक्छ ।

कोरोना संक्रमितलाई उपचारको क्रममा आयुर्वेदिक औषधि दिन थालेपछि उनीहरुको स्वास्थ्यमा राम्रो सुधार भएको छ ।

यसको पछिल्लो उदारहण हो, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर । जहाँ ३८ जना कोरोना संक्रमितकोलाई आयुर्वेदिक औषधि दिएर ‘पीसीआर’ परीक्षण गर्दा ३० जनाको ‘रिपोर्ट नेगेटिभ’ आएको छ ।

अहिलेसम्मको तथ्यांकमा ८५ प्रतिशतभन्दा बढीलाई लाभ भएको देखिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसन्धान अधिकृत डा. अमितमान जोशीकाअनुसार नतिजा सकारात्मक रहेको छ ।

उपचारका क्रममा दैनिक आयुर्वेदिक औषधि र सन्तुलित भोजनमा विशेष ध्यान दिएको उहाँको भनाइ छ ।

संक्रमितहरुलाई भिटामिन र मिनिरलहरुको ‘सप्लिमेन्ट’का साथै उनीहरुलाई योग, ध्यान र संगीत थेरापीसमेत गराइरहेको केन्द्रले जनाएको छ ।

कोभिड–१९ का संयोजक डा. जितेन्द्र श्रेष्ठ कोरोनामा आयुर्वेद उपचारले राम्रो देखिएको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह गर्नुभयो ।

आयुर्वेदिक औषधि कोरोनाको औषधि हो भनेर आफूहरुले दाबी नगरेको भन्दै उहाँले रोगप्रतिरोधात्मक क्षमता बढाउनमात्र औषधि दिएको बताउनुभयो ।

केन्द्रमा हालसम्म ९८ जना व्यक्ति रिपोर्ट नेगेटिभ आएपछि घर फर्किसकेका छन् भने १३० जनाले अझै उपचार गराइरहेका छन् । केन्द्रले संक्रमितहरुलाई आत्मशक्ति बलियो बनाउन आग्रह गरेको छ ।