Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


प्रदेश–३ मा ४७ अर्ब ६० करोडको बजेट (पूर्णपाठ)


0
Shares

हेटौंडा, असार १ । प्रदेश नम्बर–३ को प्रदेशसभाको आइतबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७६/७७ का लागि कुल रु ४७ अर्ब ६० करोडको बजेट विनियोजन गरिएको बताएका छन् ।

उनले सो बजेटमध्ये चालूगततर्फ रु २४ अर्ब ४० करोड ७९ लाखको बजेट र पुँजीगततर्फ रु २२ अर्ब ८३ करोड ८९ लाख ९६ हजार र वित्तीयतर्फ रु ३० करोडको बजेट छुट्याइएको जानकारी दिए ।

उनले उक्त बजेटले प्रदेशका १३ ओटै जिल्लामा राष्ट्रिय गौरवको आयोजना कृषि उत्पादन, पर्यटन, अस्पतालको स्तरोन्नति, बाँझो जग्गामा सामूहिक खेती गर्ने अभियानलाई उच्च प्राथमिकता दिइएको बताए ।

त्यसैगरी, उनले सिन्धुलीको दुधौली, मकवानपुरको मनहरिमा नयाँ औद्योगिक क्षेत्र स्थापना गरिने, चितवनमा दूधको उत्पादन गर्ने कारखाना तथा हेटौंडा अस्पताललाई स्तरोन्नति गरी मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानकारूपमा विकास गरिने बताए ।

बजेटमा प्रदेशका १० जिल्लामा गरिबी न्यूनीकरण गर्ने कार्यक्रम, कृषि, वनलाई संरक्षण गर्ने, १३ ओटै जिल्लामा छोरी–बुहारीलाई उच्चशिक्षासम्म अध्ययन गराउने अभियानलाई तीव्रता दिइने, पोस्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गलाई निर्माणको अग्रतामा बजेट छुट्याइएको बताइएको छ ।

प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरेर आगामी २०७८ सालसम्ममा पेट्रोलबाट चल्ने सवारी–साधनलाई उन्मूलन गरी विद्युतीय सवारी–साधन सन्चानलका लागि उच्च प्राथमिकता राखी बजेट क्रमशः छुट्याइँदै लगिएको मन्त्री ढुंगेलले जानकारी पनि दिए । रासस

प्रदेश–३ को बजेट पूर्णपाठ (पीडीएफ) पढ्न यहाँ क्लिक गर्नोस्