११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


‘ज्येष्ठ नागरिकहरुमाथि हुने सबैखाले दुर्व्यवहारको अन्त्य हुनुपर्छ’


0
Shares

काठमाडौं, असार १ । ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्धको १४औं विश्व चेतना दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

आइतबार नेपाल प्रहरी, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले संयुक्तरुपमा राजधानीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन् ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ज्येष्ठ नागरिकहरुमाथि हुने सबैखाले दुर्व्यवहारको अन्त्य हुनुपर्ने बताइन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत् गर्दै राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश वस्तीले ज्येष्ठ नागरिकलाई गाँस, बास र कपासभन्दा पनि आत्मसम्मानको खाँचो भएको बताए ।

कार्यक्रममा देशका विभिन्न जिल्लामा १४१ ओटा वृद्धाश्रम र ६ ओटा स्याहार केन्द्र रहेको जानकारी दिइएको थियो ।

कार्यक्रमका सहभागीहरुले देशका सातओटै प्रदेशमा ज्येष्ठ नागरिकहरुका लागि ‘जेरियाट्रिक’ अस्पताल खोल्नुपर्नेमा जोड दिएका थिए ।