
कपिलवस्तु, असार १ । कपिलवस्तुको विजयनगर गाउँपालिकाले वडा नं. ७ का उत्कृष्ट विद्यार्थीलाई साइकल वितरण गरेको छ ।
वडा नंं ७ का सम्पूर्ण विद्यालय र मदरसाका कक्षा तथा वडास्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको हो । त्यस्तै विद्यालयमा बढी हाजिर भएका विद्यार्थीलाई झोला र कापी दिई सम्मान गरिएको हो ।
विद्यार्थीलाई शिक्षाको मूलधारमा ल्याई विद्यालयमा नियमित भर्ना गराउन र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यार्थीलाई प्रोत्साहन गर्न साइकल दिई सम्मान गरिएको बताइएको छ । विद्यार्थीमा शिक्षाप्रतिको चासो बढाउनका साथै प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले सम्मान गरिएको वडा अध्यक्ष दिनेशकुमार चौधरीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्