११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


गर्मीले जनजीवन प्रभावित भएपछि विद्यालय बन्द


0
Shares

सर्लाही, असार १ । गर्मीले जनजीवन प्रभावित भएपछि सर्लाहीको लालबन्दी नगरपालिकाका सबै सामुदायिक तथा संस्थागत विद्यालय आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।

अत्यधिक गर्मीले पठनपाठनमै समस्या भएपछि वर्षे बिदाबाट कट्टा हुने गरी आजदेखि नगरभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय भएको लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले जानकारी दिए । नगरभित्र ४८ सामुदायिक र ३० भन्दा बढी निजी विद्यालय छन् ।