Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


कोपा अमेरिका फुटबल : उपाधि दाबेदार मानिएको अर्जेन्टिना पहिलो खेलमै पराजित


0
Shares

ब्राजिल, असार १ । उपाधि दावेदार अर्जेन्टिना कोपा अमेरिका फुटबलको पहिलो खेलमै पराजित भएको छ । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनालाई कोलम्बियाले २–० ले हराएको हो । 

ब्राजिलमा जारी प्रतियोगिताअन्तर्गत आज बिहान भएको समूह ‘बी’ को खेलमा कोलम्बियाले दुबै गोल दोस्रो हाफमा गरेको हो ।

उसका लागि रोजर मार्टिनेज र डुभान जापाटाले एक–एक गोल गरे । जितसँगै कोलम्बिायले समूहमा अग्रता लिंदा अर्जेन्टिना दबाबमा आएको छ ।

यो समूहमा कोलम्बिया र अर्जेन्टिनासँगै पराग्वे र कतार रहेका छन् । कोपा अमेरिकाकै अर्को खेलमा पेरु र भेनेजुएलाले गोलरहित बराबरी खेलेका छन् ।