२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सांसदको छातीमा त्रुटिपूर्ण लोगो: शब्द गलत, नक्सा हेर्दै नेपालको जस्तो छैन


0
Shares

काठमाडौं । देशको नक्सा सच्चियो । सच्चिएको चुच्चे नक्सा समेटेर संसद्ले सांसदको छातीमा राख्ने लोगो फे¥यो ।

जुन संसद्ले संविधान संशोधनै गरेर देशको नक्साको त्रुटि सच्यायो, त्यही संसद्ले आफ्नै लोगो भने त्रुटि नै त्रुटियुक्त बनाएको छ ।

सुन र चाँदीको सम्मि श्रणबाट बनाइएको लोगोमा नक्साको स्वरूप र संघीय संसद् शब्द गलत ढंगले प्रयोग गरिएका छन् ।

लिम्पियाधुरासहितको नक्सा समेटेर तयार पारिएको लोगोमा मुलुकको नक्सा भने हेर्दै नेपालको जस्तो छैन ।

वास्तविक नक्सामा पश्चिम भाग उठेको र पूर्वी भाग अलि तल झुकेको छ । तर, लोगोमा नक्सा सीधा राखिएको छ । त्यो पनि आयतकार ।

यस्तै लोगोको तल्लो भागमा लेखिएको संघीय शब्दमा ‘सघीय’ मात्र छ । संसद्को द मा हलन्त दिन छुटाइएको ‘संसद’ लेखिएको छ ।

संसद् सचिवालयका महासचिव भरत गौतमका अनुसार २ लाल सुनको जलपमा १ तोला चाँदीको लेप लगाई ५ हजार ५ सय २७ रुपैयाँमा प्रत्येक लोगो निर्माण भएको हो ।

सचिवालयका अनुसार साढे तीन सयवटा लोगो बनाउन झन्डै २० लाख रुपैयाँ खर्च भएको छ । वाग्मती प्रदेशअन्तर्गत घरेलु तथा साना उद्योग कार्यालयले नयाँ लोगो निर्माण गरेको हो । अन्नपूर्ण पोष्ट दैनिकबाट