११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


सुकेधारा बम विस्फोटका घाइतेको मृत्यु


0
Shares

काठमाडौं, जेठ ३२ । यही जेठ १२ गते काठमाडौंमा भएको शृंखलाबद्ध बम विस्फोटमा परी घाइते भएकामध्ये थप एकजनाको मृत्यु भएको छ ।

योसँगै उक्त बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।

चाबहिलस्थित ओम अस्पतालमा उपचाररत् रामेछापको मन्थली नगरपालिका–४ निवासी रामकुमार श्रेष्ठको शनिबार बिहान मृत्यु भएको जनाइएको छ ।

काठमाडौंको सुकेधारा र अनामनगरमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता आफैंले बनाउँदै गरेको बम विस्फोटमा परेका थिए ।

घटनामा गम्भीर घाइते भएका हरि खड्का र सुरेन्द्र महर्जनको ओम अस्पतालको आइसीयुमा उपचार भइरहेको छ ।