
चितवन, जेठ ३२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कृषिमा आधुनिकीकरण गर्नसकेमात्र देशले विकासको गति लिने बताएका छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयले शनिबार चितवनको रामपुरमा आयोजना गरेको कृषि प्रदर्शनी तथा कृषक मेलाको उद्घाटनमा उनले यस्तो बताएका हुन् ।
अध्यक्ष दाहालले कृषि उत्पादन वृद्धि गर्न युवाहरुलाई परिचालन गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।
कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गरेरमात्रै रोजगारी सिर्जना हुने उनको भनाइ थियो ।
अध्यक्ष दाहालले कृषिमा आधारित उद्योगलेमात्रै नेपालमा आर्थिक समृद्धि आउने बताए ।
प्रतिक्रिया दिनुहोस्