११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


विधेयकविरुद्ध उत्रिए नागरिक अभियन्ता


0
Shares

काठमाडौं, जेठ ३२ । सरकारले संसदमा पेस गरेको विभिन्न विधेयकको नागरिक समाजका अभियन्ताहरुले विरोध गरेका छन् ।

शनिबार काठमाडौंको माइतीघर मन्डलामा जम्मा भएका उनीहरुले नागरिकता विधेयक, मिडिया काउन्सिल विधेयक, गुठीलगायतका विधयेक सरोकारवालासँग छलफल नै नगरी ल्याएको भन्दै तत्काल फिर्ता दिन माग गरेका हुन् ।

यी विधेयकहरु नागरिक हक, अधिकार, प्रेस स्वतन्त्रता, पराम्परात संस्कृतिविरुद्ध भएको उनीहरुको ठहर छ ।

प्रदर्शनमा नागरिक अभियान्ता गोपाल शाहले विरोध सरकारविरुद्ध नभइ संविधान र कानुनविपरीत काम हुन थालेकाले सरकारलाई सही बाटोमा ल्याउन भएको बताए ।

यता, नेपालका लागि नेपाली अभियानले पनि शनिबारै विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनमा उत्रिएकाहरुले गुठी विधेयक तत्काल फिर्ता गर्नुपर्ने, ज्ञानेन्द्र शाहीमाथि लगाएको झुटो मुद्दा फिर्ता लिनुपर्ने, नागरिक आयोगको प्रतिवेदनअनुसार ‘वाइडबडी’ विमान खरिद प्रकरणमा संलग्नहरुलाई कारबाही गर्नुपर्ने माग गरे ।

माइतीघर मन्डलाबाट सुरु भएको विरोध प्रदर्शन नयाँबानेश्वर पुगेर टुंगिएको थियो ।