
काठमाडौं, जेठ ३२ । केन्द्रीय मानन्धर संघले सगरमाथा आरोहण गर्ने विभिन्न आरोहीहरुलाई सम्मान गरेको छ ।
शनिबार काठमाडौंको नयाँबजारमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आरोहीहरु दावा तेन्जिङ शेर्पा र मिङ्मा शेर्पालाई सम्मान गरेका हुन् ।
कार्यक्रममा लोप हुन लागेका परम्परागत बाजा सिक्ने नयाँपुस्तालाई पनि सम्मान गरिएको थियो ।
पराम्परागत बाजा सिक्न युवापुस्ताले रुचि देखाएको मानन्धर संघले जनाएको छ । काठमाडौंका विभिन्न ८ ओटा गुठीले सोसम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्