Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


लिदी पहिरोमा मृतकको संख्या १३ पुग्यो, बेपत्ता २६ जनाको खोजी जारी


0
Shares

sindhupalchowk landslide death missing

चौतारा, साउन ३१ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदी पहिरोमा परी मर्नेको संख्या १३ पुगेको छ ।

शुक्रबार बिहान गएको पहिरोमा शुक्रबारै ११ शव भेटिएको र शनिबार बिहान थप दुई शव भेटिएपछि मृतकको संख्या १३ पुगेको हो ।

अझै २६ जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा ३६ वर्षीया टिकमाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जीते झाँक्री, आठ वर्षीय मिलन दोङ, पाँच वर्षीय सानु दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीय सानुकान्छी दोङ, पाँच वर्षीय प्रीति दोङ, पाँच महिनाकी कान्छी दोङ, ३४ वर्षीय धनमाया तामाङ दोङ र चार महिनाको रेमी दोङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । अन्य दुईजनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

पहिरोमा बेपत्ता २६ जनाको शनिबार बिहानदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीद्वारा खोजी भइरहेको बताइएको छ ।

मृतक ११ जनाको शनिबार सामूहिकरुपमा दाहसंस्कार गरिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो । रासस

Skip This