११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


बाग्लुङमा ट्याक्सी दुर्घटना, एक जनाको मृत्यु


0
Shares

बाग्लुङ, जेठ ३२ । बाग्लुङको गलकोट नगरपालिकामा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

नगरपालिकाको केन्द्र हटियाबाट वडा नं. ४ नुवाकोट जाँदै गरेको ध१ज ५१३ नम्बरको ट्याक्सी गएराति दुर्घटना हुँदा मनबहादुर खत्रीको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्याक्सी चालक हुमबहादुर कुँवर र आयुष कार्की घाइते भएका छन् ।

घाइतेहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक कृष्णहरी शर्माले जानकारी दिए ।