
काठमाडौं, जेठ ३१ । रसुवामा बनिरहेको सान्जेन जलविद्युत् आयोजनामा लगानी गर्नका लागि परियोजना ऋणपत्रमा हस्ताक्षर भएको छ ।
नेपाल इन्भेस्टमेन्ट बैंक र जलविद्युत् परियोजनाको लगानीकर्ता सालासुंगी पावर लिमिटेड कम्पनीबीच रसुवामा निर्माणाधीन ७८ मेगावाटको सान्जेनखोला हाइड्रोइलेक्ट्रिक प्रोजेक्टका लागि लगानीसम्बन्धी हस्ताक्षर भएको हो ।
आयोजनाको कुल लागत १३ अर्ब २० करोड रुपैयाँ रहेकोमध्ये कुल लागतको ७० प्रतिशत लगानी कुमारी बैंक, इन्भेस्टमेन्ट बैंक र सिटिजन बैंकले लगानी गर्ने भएका हुन् ।
कुल लगानीको ३० प्रतिशतबाट ९२ प्रतिशत सहयोगीको भूमिकाकारुपमा चाइना हार्बर इन्जिनियरिङ कम्पनी लिमिटेडले लगानी गर्नेछ भने ८ प्रतिशत नेपाली लगानीकर्ताले लगानी गर्ने बैंकले जनाएको छ ।
चिनियाँ कम्पनीहरुले नेपालमा लगानी गर्दा स्थानीय लगानीको पनि प्रवर्द्धन हुने नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले बताए ।
प्रतिक्रिया दिनुहोस्