१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


सुनको भाउमा उच्च वृद्धि


0
Shares

काठमाडौं, जेठ ३१ । शुक्रबार सुनको भाउमा उच्च वृद्धि आयो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर तोलाको ६३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो एक वर्षयताकै उच्च मूल्य हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि भएसँगै स्थानीय बजारमा पनि भाउ उकालो लागेको बताइएको छ ।

बिहीबार सुनको मूल्य तोलामा १०० रुपैयाँले वृद्धि भएर तोलाको ६२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ७२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १३ सय ६० डलर हाराहारीमा कारोबार भएको थियो ।