
काठमाडौं, जेठ ३१ । गुठी विधेयक खारेजीको माग गर्दै ललितपुरमा स्थानीय बासिन्दाले मसाल जुलुस प्रदर्शन गरेका छन् ।
शुक्रबार पाटन दरबार स्क्वायरबाट सुरु भएको मसाल जुलुस नगर परिक्रमा गर्दै भीमसेन मन्दिरमा पुगेर सम्पन्न भएको थियो ।
मसाल जुलुसमा कीर्तिपुर, काठमाडौं र भक्तपुरबाट गएका सरोकारवालासहित हजारौं सहभागी थिए ।
मसाल जुलुुसपछि आयोजित विरोधसभामा बोल्ने वक्ताहरुले गुठी विधेयक खारेजीको एकसूत्रीय माग रहेको भन्दै सरकारले बोलाउने वार्तामा जाने र सम्झौता गर्ने कोसिस कसैले गरे नछाड्ने चेतावनी दिए ।
सत्ताधारी दलका सांसदहरुले चलखेल गरेर आन्दोलनलाई तुहाउन प्रयास गरे उनीहरुलाई पनि नछाड्ने चेतावनी पनि दिइएको छ ।
विरोधसभापछि प्रदशर्नकारीहरु फेरि संगठीत भएर प्रदर्शन गर्दै नगर परिक्रमा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्