Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


फिफा वरीयतामा नेपाल चार स्थान झर्‍यो


0
Shares

काठमाडौं, जेठ ३१ । फिफा वरीयतामा नेपाली फुटबल चार स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६५औं स्थानमा रहेको छ ।

यसअघि, नेपाल १६१औं स्थानमा थियो ।

नेपालले दुई साताअघि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत् मलेसियासित २–० को हार व्योहोर्दा चाइनिज ताइपेइसित १–१ गोलको बराबरी खेलेको थियो ।

दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दामाथि भारत १०१औं र माल्दिभ्स १५१औं स्थानमा छन् ।

बंगलादेश १८३औं, भुटान १८६औं, श्रीलंका २०१औं र पाकिस्तान २०३औं स्थानमा छन् ।

विश्व वरीयतामा बेल्जियम, फ्रान्स, ब्राजिल, इंग्ल्यान्ड, पोर्चुगल, क्रोएसिया, स्पेन, उरुग्वे, स्वीट्जरल्यान्ड र डेनमार्क क्रमशः पहिलोदेखि दशौं स्थानमा रहेका छन् ।