Logo ३० भाद्र २०८३, मंगलबार | Wed Sep 16 2026


धितोपत्र बोर्डद्धारा बुक बिल्डिङ्ग लागू


0
Shares

काठमाडौं, साउन २९ । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) मा बुक बिल्डिङ्ग विधि लागू गरेको छ ।

यो विधि मार्फत कुनैपनि कम्पनीले सर्वसाधारणलाई मूल्य बढाबढ गरेर धितोपत्र विक्री गर्न पाउनेछन् ।

हालसम्म नेपालमा फिक्स प्राइसिङ विधि र प्रिमियम विधिबाट प्रारम्भिक सार्वजनिक निष्काशन हुँदै आएको छ ।

फिक्स प्राइसिङ अन्तर्गत लगानीकर्ताले अंकित मूल्य अर्थात एक सय रुपैँयामा आइपीओमा आवेदन दिन पाउनेछन् ।

त्यस्तै प्रिमियम विधि अन्तर्गत पहिले नै आइपिओको मूल्य निर्धारण भएर निष्काशन गरिएको हुन्छ ।

जसमा संगठित संस्थाको नेटवर्थको बढीमा दुई गुणा सम्मको मूल्यमा प्रारम्भिक सार्वजनिक निष्काशन गर्न सकिनेछ ।

यी दुई विधिबाट सार्वजनिक निष्काशन गर्ने व्यवस्था गर्दा वास्तविक क्षेत्रका कम्पनीहरु पूँजी बजारमा आकर्षित नभएपछि बोर्डले अन्तर्राष्ट्रिय बजारमा प्रचलित रहेको बुक बिल्डिङ्ग विधिलाई कार्यान्वयनमा ल्याएको बोर्डका सहायक कार्यकारी निर्देशक रुपेश केसीले बताउनुभयो ।

बुक बिल्डिङ्ग विधि लागूभएसँगै नेपालमा तीनवटा विधिमार्फत सार्वजनिक निष्काशन हुने भएको छ ।

अबदेखि अंकित मूल्यमा, प्रिमियम मूल्यमा, र बुक बिल्डिङ्ग विधि मार्फत शेयर निष्काशन गर्न सकिने छ ।

बुक बिल्डिङ्ग मार्फत शेयर निष्काशन गर्न अंकित मूल्यको १ सय ५० प्रतिशत नेटवर्थ हुनुपर्ने, विगत तीन वर्ष देखि लगातार मुनाफामा भएको हुनुपर्ने, क्रेडिट रेटिङ औसात अथवा सो भन्दा माथि हुनु पर्ने लगायतका व्यवस्था निर्देशिकामा उल्लेख छ ।