 
	    काठमाडौं, साउन २९ । काठमाडौंको सुन्धारामा रहेका अस्थायी व्यापारीक संरचनाहरु बिहीबार हटाइएको छ ।
महानगरपालिकाले विना अनुमति संरचना बनाएको भन्दै संरचना भत्काउन शुरु गरेपछि व्यापारीहरुले अवरोध गरेका थिए ।
आफुहरुले गुठी संस्थानलाई भाडा तिर्दै आएको र संस्थानकै अनुमतिले पसल संञ्चालन गर्दै आएको दावी गर्दै व्यापारीहरुले पसल हटाउन मानेका थिएनन् ।
महानगरले संरचना हटाउन सूचना समेत नदिएको उनीहरुको गुनासो थियो ।
तर, पछि व्यापारीहरु आफैले पसल हटाएका थिए ।
काठमाडौं महानगरपालिका वडा नम्बर २२ मा रहेको गुठी संस्थानको सो जग्गामा करिब २२ वटा पसलको भाडा गुठी संस्थानलाई तिर्दे आएको व्यापारीहरुको दाबी छ ।
केही वर्षअघि सो क्षेत्रमा कम्प्लेक्स भवनको नक्सा स्वीकृत भएपछि महानगरपालिकाले पुरातात्विक सतल मासिने भन्दै नक्सा खारेज गरेको थियो ।
तर गुठी संस्थानका सूचना अधिकारी सरोज थपलियाले भने महानगरपालिकाले खारेज गरेको सो नक्साको विषयमा गुठी संस्थानलाई कुनै जानकारी नदिएको बताउनुभयो ।
उहाँले टेन्डरमार्फत ३ वर्षअघिदेखि नै सो जग्गा व्यापारिक प्रयोजनका लागि भाडामा दिदै आएको जानकारी दिनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्