१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


दुर्घटनामा वडा सचिवसहित दुई जनाको मृत्यु


0
Shares

सुर्खेत, जेठ ३१ । सुर्खेतमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा वडा सचिवसहित दुई जनाको मृत्यु भएको छ ।

वीरेन्द्रनगरको एरीचोकमा अटोले ठक्कर दिँदा नगरपालिका वडा नं २ का सचिव नारायणदेव गिरीको मृत्यु भएको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मूलपानीबाट एरीचोकतर्फ गइरहेको भे१ह ३८७४ नम्बरको अटोले भे७प १८३४ नम्बरको गिरीको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करले उनी गम्भीर घाइते भएका थिए ।

प्रदेश अस्पताल कालागाउँ पुर्‍याएलगत्तै वडा सचिव गिरीको बिहीबार राती मृत्यु भएको थियो । प्रहरीले अटो चालक दीपकबहादुर साउदलाई नियन्त्रणमा लिइसकेको छ ।

त्यसैगरी बाङ्गेसिमल–बड्डीचौर सडकखण्डको गिरिघाटमा भे१त ५२८८ नम्बरको ट्याक्टर आज अनियन्त्रित भई सडक किनारामा पल्टिँदा सहचालक रामबहादुर नेपालीको मृत्यु भएको छ । (रासस)