फाइल तस्वीर
काठमाडौं, जेठ ३१ । नेपाली युथ–१९क्रिकेट टोलीले एसीसी इस्टर्न रिजन प्रतियोगिताका लागि आजदेखि तयारी थालेको छ ।
युथ–१९ एसिया कप छनोटका रुपमा रहेको यो प्रतियोगिताका लागि नेपालले सिमित खेलाडीको उपस्थितिमा विशेष तयारी थालेको हो । प्रशिक्षण शिविरमा पुरानै टिमका १८ जनासहित उमेर समूहका अन्य एक दर्जनजति खेलाडी समावेश गरिएको छ ।
मलेसियामा हुने एसीसी इस्टर्न रिजन प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा चीन, म्यानमार र सिंगापुर छन् । समूह ‘बी’ मा मलेसिया, भुटान, हङकङ र थाइल्यान्ड रहेका छन् ।
हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । नेपालले आगामी असार १७ गते म्यानमारविरुद्ध पहिलो खेल खेल्नेछ । प्रतियोगिताको विजेता टोलीले एसिया कपमा स्थान बनाउनेछ । एसिया कपमा एसियाबाट टेस्ट खेल्ने पाँच राष्ट्र र तीन एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।








प्रतिक्रिया दिनुहोस्