१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


सामान्य प्रकृतिका कसुरमा पनि हिरासतमा राख्न थालेकोमा महान्यायाधिवक्ता असन्तुष्ट


0
Shares

काठमाडौं, जेठ ३१ । महान्यायाधिवक्ता अग्नि खरेलले अपराधको अनुसन्धानमा उल्लेख्य प्रगति भए पनि अनुसन्धानकर्ता र अभियोजनकर्ताहरुले मुलुकी संहिताको कार्यान्वयनमा अझै ध्यान दिनुपर्ने बताएका छन् ।

फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउने सम्बन्धमा आजदेखि काठमाडौंमा सुरु प्रादेशिक सम्मेलनमा महान्यायाधिवक्ता खरेलले मुलुकी संहिता कार्यान्वयनमा जोड दिए ।

उनले सामान्य प्रकृतिका कसूरको अनुसन्धानमा समेत प्रतिवादीलाई हिरासतमा राख्ने, प्रमाण पर्याप्त नभइ मुद्दा चलाउने जस्ता त्रुटि दोहोरिएको भन्दै सावधानी अपनाउन आग्रह गरे ।

बालबालिका संलग्न भएका अपराधको अनुसन्धानदेखि नै संवेदनशील नहुनु जस्ता कार्यले उचित प्रतिफल दिन नसक्ने महान्यायाधिवक्ता खरेलको भनाइ थियो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सेवामा विशिष्टिकृत ब्यूरोहरुको स्थापना गरि कार्यसञ्चालन हुँदै आएको र यसले राम्रो प्रतिफल दिन सफल भएको जिकिर गरे । उनले केही गैरव्यावसायिक चरित्र भएका प्रहरीले सिंगो संगठनलाई नै बदनाम गरेको भन्दै बदनियतमा कसैलाई सहुलियत नहुने प्रष्ट पारे ।

सम्मेलन शनिबारसम्म चल्ने छ ।