२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


कोरोना थेग्नै नसकेपछि बुटवलमा आजदेखि निषेधाज्ञा


0
Shares

बुटवल । समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण तीव्र हुँदै गएपछि बुटवल उपमहानगरपालिकाले आजदेखि निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

पछिल्लो समय बजार खुल्ला हुँदा आम मानिसले सामान्य सर्तकता पनि नअपनाएपछि उपमहानगरपालिकाले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले जानकारी दिनुभयो ।

निषेधाज्ञा आजदेखि आगामी भदौ ५ गतेसम्म गर्ने निर्णय गरीएको हो ।