 
	    काठमाडौं । स्विफ्ट टटल नामक पुच्छ्रेताराको कारण आज(विहीबार अत्याधिक उल्का वर्षा हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
गत साउन २ गतेदेखि सक्रिय रहेको यो उल्कावर्षा आगामी भदौ ८ गतेसम्म देखिने एस्ट्रोनोमिकल सोसाइटीले जानकारी दिएको छ ।
एस्ट्रोनोमिकल सोसाइटीका अनुसार स्विफ्ट टटलले सूर्यको एक पटक परिक्रम गर्न १ सय ३३ वर्ष को समय लगाउने गरेको छ ।
स्विफ्ट टटलले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धूलोका कण र चट्टानहरु छोड्ने गर्छ ।
जब पृथ्वी सूर्यको परिक्रमा गर्ने क्रममा उक्त कक्षको नजिक आइपुग्छ तब ती कण र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर उल्का वर्षाको रूपमा खस्ने गरेको बताइएको छ ।
यसैलाई उल्का वर्षा भनिन्छ जसलाई नेपाली जनजिब्रोमा ’तारा खसेको’ पनि भनिन्छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्