१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


रामेछापमा बस दुर्घटना, दुई जनाको मृत्यु


0
Shares

रामेछाप, जेठ ३१ । रामेछापको लखनपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट दोरम्बा गाउँपालिका–६ लखनपुरको रिठ्ठे जाँदै गरेको बा२ख ७२४२ नम्बरको बस लखनपुरको बराको रुख घुम्तीबाट हिजो साँझ करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा अन्य २० जना घाइते छन् । मृत्यु हुनेमा रामेछाप दोरम्बा गाउँपालिका–६ लखनपुरका उद्धव गौतम र हरिबहादुर कार्की छन् । दुवै जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । बसका चालक भने फरार छन् ।