१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


जेसिबीको ठक्करबाट अटोरिक्सामा सवार तीन जनाको मृत्यु, पाँच जना घाइते


0
Shares

दुर्गा उपाध्याय

कञ्चनपुर, जेठ ३१ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा एउटा जेसिबीले अटोरिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

से१त ७३३ नम्बरको जेसिबीले मे१ह ७६३ नम्बरको अटोरिक्सालाई आज बिहान ठक्कर दिँदा अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै जेसिबी चालक फरार भएका छन् । प्रहरीका अनुसार उनको खोजी भइरहेको छ ।