३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


खेतमा पानी लगाउन गएका सेनाका अमल्दारको लडेर मृत्यु


0
Shares

डीबी विष्ट

बझाङ, असार ३१ । खेतमा पानी लगाउन गएको बेला लडेर नेपाली सेनामा कार्यरत अमल्दारको मृत्यु भएको छ ।

मष्टा गाउँपालिका–६ घर भएका अमल्दार रामबहादुर बोहराको आफ्नो खेतबारीमा पानी लगाउन जाने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

३२ बर्षीय बोहरा संग्राम गुल्म पानकोटमा काजमा कार्यरत थिए । झारगाँउमा रहेको खेतमा पानी लगाउन जाने क्रममा चिप्लिएर कुलोबाट झडै ६० मिटर तल खस्दा बोहरा घाइते भएका थिए ।

उपचार गराउन जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो । बोहराको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइँदै छ ।