
काठमाडौं, जेठ ३० । नेपाल उद्योग वाणिज्य महासंघ र मेडेफ इन्टरनेसनलबीच पेरिसमा सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा महासंघ र मेडेफबीच पेरिसमा एक सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
नेपाल तथा फ्रान्सबीच आर्थिक, व्यावसायिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणका क्षेत्रमा सहयोग एवं सहकार्य गर्ने उद्देश्यले महासंघ र मेडेफबीच सहमतिपत्रमा हस्ताक्षर भएको महासंघले जनाएको छ ।
सहमतिपत्रमा महासंघका अध्यक्ष भवानी राणा र मेडेफ इन्टरनेसनलका अध्यक्ष फ्रेडरिक सान्जेजले हस्ताक्षर गरेका हुन् ।
दुई देशबीचको आर्थिक, व्यावसायिक सम्बन्ध विस्तारमा सहमति कोसेढुंगा हुने अध्यक्ष राणाले उल्लेख गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्