
काठमाडौं, जेठ ३० । साताको अन्तिम दिन बिहीबार पनि सेयरबजारमा गिरावट आयो ।
यसदिन सेयरबजार परिसूचक नेप्से करिब ३ अंकले झरेर १२ सय ६९ विन्दुमा आइपुग्यो ।
आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक भइसकेपछि नेप्से ४२ अंकले झरिसकेको छ ।
यसदिन होटल समूहबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्से झरेको हो ।
यसदिन कारोबार परिमाणमा पनि गिरावट आएको छ । १७० कम्पनीका १४ लाख २३ हजार कित्ता सेयर ४५ करोड ६५ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्