Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


भारत र न्यूजिल्यान्डबीचको खेल वर्षाले रद्द


0
Shares

काठमाडौं, जेठ ३० । इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारत र न्यूजिल्यान्डबीचको खेल वर्षाले रद्द भएको छ ।

नटिङ्घमस्थित ट्रेन्ट ब्रिज रंगशालामा बिहीबार बिहानैदेखि वर्षा भएपछि खेल अन्तिम समयमा रद्द भएको घोषणा गरिएको हो ।

खेलमा टसको निर्णयसमेत हुन सकेन ।

खेल रद्द हुँदा दुवै टिमले एक/एक अंक पाएका छन् ।

अहिलेसम्म जारी विश्वकपमा चारओटा खेल वर्षाले गर्दा रद्द भएका छन् । विश्वकपको इतिहासमा सबैभन्दा बढी खेल रद्द हुने यो नै पहिलो हो ।

खेल निरन्तर रद्द हुँदा विश्वकपको रौनकसमेत घट्दै गएको छ ।

१० टोली सहभागी विश्वकपमा भारत र न्यूजिल्यान्डमात्र अपराजित छन् । ४ खेलबाट ७ अंक जोडेको न्यूजिल्यान्ड शीर्ष स्थानमा छ भने ३ खेलबाट ५ अंकको भारत तेस्रो स्थानमा पुगेको छ । ४ खेलबाट ६ अंकको अष्ट्रेलिया दोस्रो स्थानमा छ ।