१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


निषेधाज्ञा जारी भएपछि व्यापारीहरु तरकारी किन्न किसानको घर घरमै


0
Shares

सर्लाही । सर्लाहीका बजारमा भीडभाड गर्न रोक लगाइएपछि व्यापारीहरुले किसानको घर घरमै पुगेर तरकारी खरिद गर्न थालेका छन् ।

सोमवारदेखि जिल्लाभर निषेधाज्ञा जारी भएसँगै तरकारी बजारमा भीडभाड गर्न रोक लगाएपछि व्यापारीहरु घरघरमा तरकारी लिन पुगेका हुन् ।

अचानक तरकारी बजार बन्द हुँदा निराश भएका किसानले यसरी व्यापारी गाउँमै आउन थालेपछि राहत महसुश गरेका छन् ।

निषेधाज्ञा उत्पादनमा वृद्धि र भारतबाट तरकारी भित्रिँदा यहाँ उत्पादन भएको तरकारीको मूल्य भने तीन÷चार दिनमै आधाले घटिसकेको छ ।

मेहनत र लगानी खर्चेर फलाएको तरकारी बेच्न उचित मूल्यमा बेच्न नपाएको किसानले गुनासो गरेका छन् ।