Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


इंग्लिस प्रिमियर लिगको खेलतालिका सार्वजनिक


0
Shares

काठमाडौं, जेठ ३० । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनका लागि खेलतालिका सार्वजनिक भएको छ ।

लिग व्यवस्थापनले बिहीबार जारी गरेको खेलतालिकाअनुसार आउँदो साउन २४ गते हुने उद्घाटन खेलमा उपविजेता लिभरपुल र बढुवा भएको क्लब नर्विच सिटी भिड्नेछन् ।

उपाधि विजेता म्यानचेस्टर सिटीले पहिलो खेलमा वेस्टह्याम युनाइटेडसित खेल्दा तेस्रो भएर लिग सकाएको चेल्सीले पहिलो खेलमै म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ ।

टोटनह्याम हट्सपरले एएफसी बर्नमाउथसित खेल्दा आर्सनलको पहिलो भिडन्त न्यूकासल युनाइटेडसित हुनेछ ।

यसपटक प्रिमियर लिगमा नर्विच, शेफिल्ड वेनस्डे र एस्टन भिल्लाको बढुवा भएको छ ।

लिगको इतिहासमा पहिलोपटक फेबु्रअरीमा क्लबहरुले विश्रामसमेत पाउनेछन् ।

फेबु्रअरी पहिलो सप्ताहन्त ८ फेबु्रअरीमा पाँच खेल र दोस्रो सप्ताहन्तमा फेबु्रअरी १५ तारिखमा पाँच खेल हुनेछन् । सन् २०१९–२० को सिजनमा कुल ३८० खेल हुनेछन् ।