
अपडेट
काठमाडौं, जेठ ३० । सरकारले सार्वजनिक यातायातको भाडा १२ प्रतिशतले बढाएको छ ।
असार १ गतेदेखि लागू हुनेगरी सार्वजनिक यातायात क्षेत्रमा सन्चालित सबैखाले सवारी–साधनको हाल कायम भाडामा १२ प्रतिशतसम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको दाबी पनि विभागले गरेको छ ।
कम्तीमा १० देखि १२ प्रतिशतसम्म भाडा वृद्धि गरिएको हो ।
ट्याक्सी चढ्नेवित्तिकै उठ्ने शुल्क १४ बाट ५० रुपैयाँ पुग्यो
यसैगरी, विभागले असर १ गतेदेखि नै लागू हुनेगरी ट्याक्सी भाडा पनि बढाएकोे छ ।
अब ट्याक्सी चढ्नेवित्तिकै ‘फ्ल्याक डाउन’ शुल्क ५० रुपैयाँ उठ्नेछ भने उक्त शुल्कमा एक किलोमिटरसम्म यात्रा गर्न सकिनेछ । त्यसपछि प्रति २०० मिटरमा ८ रुपैयाँ ८० पैसा भाडा थप हुँदै जानेछ । अर्थात् प्रतिकिलोमिटर ४४ रुपैयाँ थपिँदै जानेछ ।
यसअघि, ट्याक्सी चढ्नेवित्तिकै उठ्ने शुल्क १४ रुपैयाँ थियो भने प्रतिकिलोमिटरमा ३९ रुपैयाँ थपिने गर्दथ्यो ।
विभागले असार १ गतेदेखि नै काठमाडौं उपत्यकामा दिउँसोको समयमा कुनैपनि ढुवानी तथा डेलिभरीका साधन चल्न नदिने निर्णय पनि गरेको छ ।
बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म ढुवानी तथा डेलिभरीका साधनहरु चल्न नदिइने विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्