१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


सडकमा गुडिरहेको टिपर घरको छानामा खस्दा एक जनाको मृत्यु


0
Shares

नुवाकोट, जेठ ३० । नुवाकोटको ककनी गाउँपालिका–४ निगालेमा गएराति सडकमा गुडिरहेको टिपर एक्कासी अनियन्त्रित हुँदै घरको छानामाथि खस्दा एक महिलाको मृत्यु भएको छ ।

सो दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा घरभित्र सुतिरहेकी स्थानीय ६० बर्षीया माइली तामाङ रहेकी छिन् । उनको उपचारको क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।

बा२क ६३६३ नम्बरको टिपर गएराति ९ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी ३ सय मिटर तल तामाङको घरको छानोमा खसेको थियो । दुर्घटनामा घाइते भएका टिपर चालक नुवाकोटकै ककनी गाउँपालिका–४ का २९ वर्षीय अनिल लामा र टिपरका परिचालक सोही स्थानका १८ वर्षीय जीवन लामाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।