
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनस्थलमै खाद्यान्नको गुणस्तर परीक्षण गर्ने भन्दै २८ करोडमा किनेका प्रयोगशालासहितका चारवटा भ्यानलाई तीन वर्षदेखि प्रयोगविहीन बनाइएको छ ।
सरकारले खाद्य स्वच्छता कायम गर्न र बजार अनुगमनलाई प्रभावकारी बनाउन भन्दै ७ करोडका दरले २८ करोडमा तीन वर्षअघि मोबाइल प्रयोगशालासहितका भ्यान खरिद गरेको थियो ।
होटेल, रेस्टुराँ, मिठाई, डेरी उद्योग, पानी उद्योगलगायतमा अनुगमन गर्दा ‘अन द स्पट’ गुणस्तर परीक्षण गर्ने सुविधासहितका भ्यान खरिद गरिएका थिए ।
तर, भ्यान खरिद भएको डेढ वर्षसम्म विभागले त्यसलाई सञ्चालन नै गरेन ।
०७५ चैतपछि तीन महिना राम्रोसँग सञ्चालनमा आएका भ्यान खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले खरिदकर्तालाई मुद्दा चलाएपछि पुनः भ्यानलाई चौरमा बेवारिसे छाडिएको छ ।
अख्तियारले मुद्दा चलाएकाले भ्यान प्रयोग नगरेको विभागको भनाइ छ । नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्