१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


चितवन दूधमा आत्मनिर्भर जिल्ला घोषणा


0
Shares

चितवन, जेठ २९ । चितवनलाई दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरिएको छ ।

बुधबार चितवनको रत्ननगरमा आयोजित एक कार्यक्रममा ३ नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले चितवनलाई दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरेका हुन् ।

जिल्लामा वार्षिक एक लाख पाँच हजार ६०९ मेट्रिकटन दूध उत्पादन हुने गर्दछ ।

यसैलाई आधार मान्दा वार्षिक प्रतिव्यक्ति दूधको आवश्यकताभन्दा ७८ लिटर बढी उत्पादन हुन आएकाले जिल्लालाई दूध उत्पादनमा आत्मनिर्भर जिल्ला घोषणा गरिएको हो ।

यसअघि, काभ्रे दूधमा आत्मनिर्भर जिल्लाकारूपमा घोषित भएको थियो ।

चितवन जिल्लामा दैनिक दुई लाख ९० हजार लिटर दूध उत्पादन हुने र एक लाख ५६ हजार लिटर दूध चितवनमा नै खपत हुँदै आएको जनाइएको छ ।